News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसनमा छुट

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०७८
    ८८७ पटक
    २२ चैत्र, २०७८

    मकवानपुर । हेटौंडामा रहेको डि डेस्टिनेसन रेष्टुरेन्ट एण्ड बारमा महालक्ष्मी विकास बैंकका ग्राहकहरूले छुट पाउने भएका छन् ।
    ग्राहकहरूलाई छुट दिनेबारे महालक्ष्मी विकास बैंक लिमिटेड र डि डेस्टिनेसन रेष्टुरेन्ट एण्ड बारबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै छुट पाउने भएका हुन्
    छुट पाउनका लागि बैंकको डेबिट कार्ड, क्युआर स्क्यान पे र अनलाईन भुक्तानी ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
    यस बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ शाखाहरूबाट सेवा दिइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्