News Portal

  • लमजुङको हिले बजारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०७८
    ८९२ पटक
    २२ चैत्र, २०७८

    लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
    हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरे । हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५० पुगेको छ ।
    उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङ्गले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । उनले बैंकलाई ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताए ।
    त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो ।
    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधिहरु, व्यवसायी र स्थानीय बासिन्दाको उपस्थिति थियो ।
    बैंकले देशभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्