News Portal

  • वार्षिकोत्सवको अवसरमा एशियन लाइफले गर्यो सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०७८
    ९५७ पटक
    २२ चैत्र, २०७८

    काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । पन्ध्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८ चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गरिएको छ ।
    वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई चैत २१ गते मैतीदेवी स्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा बालकोट,भक्तपुरस्थित मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
    साथै ४७ वटा शाखा कार्यालयहरु मार्फत स्थानीय आश्रम, विद्यालय तथा अनाथालयहरुमा ४ लाख ७० हजार मूल्य बराबरको शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ ।
    वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कम्पनीको संचालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले एशियन लाइफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा निरन्तर चौध वर्षदेखि सहयोग पु¥याउँदै आउनुभएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरे ।
    देशभर रहेका १५१ वटा शाखा तथा उपशाखा मार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले १४ वर्षको अवधिमा २०७८ फागुनमसान्तसम्ममा कुल ६ लाख ३४हजार बीमालेख बिक्री गरी रु.३३ अर्ब ७५ करोड बीमा शुल्कसंकलन गरेको छ।

    प्रतिकृया दिनुहोस्