News Portal

  • युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
    ९७३ पटक
    २१ चैत्र, २०७८

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको हो ।
    कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नका लागि निवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन गर्नेछ।
    कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

     

    प्रतिकृया दिनुहोस्