News Portal

  • मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर विक्री गर्ने

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
    ६७४ पटक
    २१ चैत्र, २०७८

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अन्य व्यक्ति तथा संस्थामा संस्थापक शेयर विक्री गर्ने भएको छ । गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर विक्री गर्न लागेको हो ।
    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको बैंकले जनाएको छ ।
    बैंकले सोमवार सूचना जारी गरी शेयर खरीद गर्न ईच्छुकहरुले आगामी ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंको शेयर शाखामा निवेदन दिने आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्