काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिलन समाज, टोखा–८, मिलनटोल, काठमाडौंमा अवस्थित संस्थालाई मिलन टोल क्षेत्रको सुरक्षाको लागि सहयोगस्वरुप सि.सि टिभि सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ ।
बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेकबहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । निरोज खागीले मिलन टोल क्षेत्रमा सिसिटिभि सर्भिलेन्स् सिस्टम जडानको लागि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताएका छन् ।
उक्त कार्यक्रममा बैंकका टोखा शाखाका शाखा प्रवन्धक निरोज खागी र मिलन समाजको तर्फबाट प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका–८ का वडा अध्यक्ष केशवबहादुर खत्री, मिलन समाजका अध्यक्ष टेकबहादुर थापा, उपाध्यक्ष श्रीमती सिता कुमारी भट्टराई वोस्थीलगायत मिलन समाजका सदस्यहरुसहित करिब ७० जनाको उपस्थिति रहेको थियो । मिलन समाज संस्थामा हाल करिब ३०० सदस्य रहेका छन् ।
साथै लुम्बिनी विकास बैंक लि.ले ललितपुर, लामाटारस्थित सिद्घिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.ले ६५औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकले रक्तदान जस्तो अमुल्य काम गर्ने दाताहरुलाई “रक्तदान जीवनदान” अकिंत टि–सर्ट प्रदान गरेको छ । बैंकले गरेको उक्त कार्यले रक्तदाताहरुलाई थप हौसला पुर्याएको छ । आयोजित कार्यक्रममा उक्त सहकारीका अध्यक्ष शशिधर पोखरेल तथा विभिन्न बुद्घिजीवीहरुको उपस्थित रहेको थियो ।
हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।