News Portal

  • स्टडी ग्रुपमार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
    १११९ पटक
    २१ चैत्र, २०७८

    काठमाडौं । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो स्कलरशिप प्रदान गर्न लागेको हो । र, यसमा स्टडी ग्रुपमार्फत यस युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।


    फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको प्रेजिडेन्ट इन्टर्न्यासनल स्टुडेन्ट स्कलरशिपमा कस्ता विद्यार्थी योग्य हुन्छन् ?
    यो स्कलरशिप पाउनको लागि विद्यार्थीहरुले कक्षा सुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाई स्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ । यस छात्रवृत्तिको कुल रकम ६००० डलर प्रति वर्ष रहेको छ र (अधिकतम २४००० डलर र ट्रान्स्फर अप्लिकान्टहरुको लागि अधिकतम १२००० डलर) ।
    छनोटको लागि न्युनतम आवश्यकता
    ● विद्यार्थीहरूले मे ज्ञ सम्ममा आवेदन दिइसकेको हुनुपर्नेछ ।
    ● न्यूनतम जीपीएः 3=5 – 4=0 U=S= ग्रेडिङ स्केलमा)
    ● SAT वा ACT स्कोर पेश गर्नुपर्नेछ
    द देपान इन्टरन्यासनल स्कलरशिप, 8000$
    विद्यार्थी वा स्कलर भिसामा भएको नयाँँ विद्यार्थीले ८ सेमेस्टरको लागि प्रति वर्ष २००० डलर पाउनेछन्। फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा भर्ना हुनको लागि उत्कृष्ट शैक्षिक पृष्ठभुमि, ३.० जिपिए र अंग्रेजीमा दक्खल आवश्यक पर्छ । साथै सामुदायिक सेवामा आवद्ध भएको प्रमाण वा हाइ स्कुलको कार्यक्रमहरुमा संलग्न भएको प्रमाण पनि आवश्यक पर्छ ।
    द देपान इन्टरन्यासनल स्कलरशिप,
    विद्यार्थी वा स्कोलर भिसामा गएको विद्यार्थीले प्रति सेमेस्टर २००० डलर चार सेमेस्टरको लागि प्राप्त गर्ने छन् । यसको लागि योग्य हुन ३.० जिपिए स्कोर, अंग्रेजीमा दक्खल र सामुदायिक सेवामा आवद्ध भएको प्रमाण आवश्यक पर्छ ।
    स्टडी ग्रुपका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराज्युले भन्नुभयो, “नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले हामीले अग्रणी शिक्षा प्रदायकको रुपमा युके, युरोप, नर्थ अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका विश्व–विद्यालयहरुसँग सहकार्य गर्दै आएका छौँ । नेपाली विद्यार्थीहरुलाई यो स्कलरशिपले आफ्नो पढाई अगाडि बढाउन र राम्रो काम भेट्टाउन धेरै सहयोग गर्छ । र विद्यार्थीहरुलाई सहयोग गर्ने कुरामा फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले आफ्नो छुट्टै परिचय बनाएको छ ।
    फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी विद्यार्थी केन्द्रित पब्लिक रिसर्च युनिभर्सिटी हो । यस युनिभर्सिटीमा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट गरेर १७० भन्दा बढी डिग्री कार्यक्रमहरु उपलब्ध छन्। स्टडी ग्रुपले यस विश्वविद्यालयसँग मिलेर नेपाली विद्यार्थीहरुको शैक्षिक र पेशागत लक्ष्य हासिल गर्न सहयोग गर्नेछ ।

    प्रतिकृया दिनुहोस्