News Portal

  • बीओकेका ग्राहकलाई होटल अदाममा २० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७८
    ५५५ पटक
    २० चैत्र, २०७८

    कास्की । बैंक अफ काठमाण्डू(बीओके) लिमिटेडका ग्राहकहरूले होटल अदाम पोखरामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
    बैंक अफ काठमाण्डू र होटेल अदामबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा डिजिटल प्रणालीबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । यस सम्झौतापश्चात् ग्राहकहरूले होटलमा उपलब्ध सबै प्रकारका सेवाहरूमा २० प्रतिशत छुट पाउनेछन् । उक्त होटल सेन्टर पोइन्ट, लेकसाइड पोखरामा रहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्