News Portal

  • बीमाशुल्क आर्जनमा २० निर्जीवन बीमा कम्पनी ६ वटा बाहेक सबै अर्ब क्लबमा

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७८
    ७५६ पटक
    २० चैत्र, २०७८

    काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् ।
    बीमा समितिका अनुसार कम्पनीहरुले साउनदेखि फागुनसम्म १९ लाख ३९ हजार ३८५ वटा बीमालेख जारी गरी करिब सवा २५ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
    जसमध्ये अधिकांश अर्ब क्लबमा छन् भने केही कम्पनी करोड क्लबमै सीमित छन् । दि ओरियन्टल, प्रुडेन्सियल, एभरेष्ट, सानिमा जनरल, नेशनल र जनरल इन्स्योेरेन्सले करोडको क्लबमा छन् भने बाँकी सबैले एक अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरिसकेका समितिले जनाएको छ ।
    सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । इन्स्योरेन्सले ८ महिनाको अवधिमा १ लाख ६५ हजार ५१६ वटा बीमालेख जारी गरी ३ अर्ब १० करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, बढी बीमाशुल्क संकलन गर्नेको दोश्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
    त्यसैगरी, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको प्रिमियम उठाउनेमा १२ वटा कम्पनी छन् । नेकोले १ लाख ८९ हजार वटा बीमालेख जारी गरी १ अर्ब ९९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
    त्यस्तै, कूल २० कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क नेशनल इन्स्योरेन्सको छ । इन्स्योरेन्सले ८ महिनामा ५७ करोड ९३ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । सो अवधिमा कम्पनीले १४ लाख ९२५ वटा बीमालेख जारी गरेको थियो ।

    प्रतिकृया दिनुहोस्