News Portal

  • जीवन बीमक संघ र समिति विचमा समसामयिक विषयमा अन्तर्क्रिया, व्यवसाय विस्तारमा लाग्न अध्यक्षको निर्देशन

    आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७८
    ७९२ पटक
    १८ चैत्र, २०७८

    काठमाडौं । जीवन बीमक संघले नियामक निकाय बीमा समिति सँग समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल गरेको छ । संघले आज नगरकोटमा आयोजना गरेको यस कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, निर्देशकहरु दिनेश लाल कर्ण, सुशिल सुवेदी, पुजन ढुंगेलको उपस्थित थियो । त्यस्तै संघका सम्पुर्ण पदाधिकारीहरु लगायत जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।
    छलफल तथा अन्तर्क्रियामा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको दायरा विस्तारका लागि सम्पुर्ण बीमा कम्पनीहरुलाई अनुरोध गरेका छन् । नेपालमा बीमाको अत्यावस्यक पर्ने जनसमुदाय अझै पनि दायरामा ल्याउन नसकिएको भन्दै अध्यक्ष सिलवालले त्यस्तो समुदायलाई दायरामा ल्याउन सरकार, बीमा समिति र बीमा कम्पनीहरुको समन्वय हुनु पर्ने बताएका छन् ।
    बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बीमा नीतिलाई प्रभावकारी रुपमा अगाडी बढाउन र बीमालाई बजेट तथा नेपाल सरकारको नीति तथा कार्यक्रममा समेट्नका लागि पहल गर्न समिति समक्ष आग्रह गरेका छन् । बीमा समितिले बीमा नीतिको मस्यौदा सरकार समक्ष पेश गरेको छ । त्यस्तै आगामी बजेट तथा नीति तथा कार्यक्रममा बीमाको के कस्ता विषय समेट्नु पर्ने हो सल्लाह सुझाव दिन समेत समितिले आग्रह गरेको थियो । संघले आफ्नो तर्फबाट बजेट तथा नीति तथा कार्यक्रममा के कस्ता कुराहरु समेट्ने भन्ने विषयमा संस्थागत रुपमै सुझाव दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
    संघले चालु आर्थिक वर्षको सुरुवात देखिनै बीमा समिति सँग त्रैमासिक समिक्षा गर्दै आएको छ ।  जीवन बीमा व्यवसायमा परेका गाह्रो सार्ह्रो कुराहरुमा गहल छलफल हुने गरेको छ । समितिले जारी गरेका नीति नियमले सकारात्मक नकारात्मक के कस्तो प्रभाव पार्यो बुझ्नका लागि पनि यस्तो अन्तर्क्रियाले मद्दत पुर्याउने गरेको छ ।

    प्रतिकृया दिनुहोस्