News Portal

  • इभी मोटर्स नेपालले एक्सचेन्ज मेला कार्यक्रम आयोजना गर्यो

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७८
    ५९९ पटक
    १७ चैत्र, २०७८

    काठमाडौं । एलभीनेङ स्कुटरको आधिकारिक विक्रेता तथा वितरक इभी मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म एक्सचेन्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ ।
    यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु. १५ हजारसम्म प्राप्त गर्न सक्नु हुनेछ । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल exchange गरी नयाँ Lvneng EV scooter खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु. 35 हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ । Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको lithium battery लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ ।
    इभी मोटर्स नेपाल सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू. 93000 बचत गर्न सक्छ । exchange मेला कार्यक्रमा सहभागी भई जित्नुहोस् Free Washing & Servicing र रमाइलो गेम खेली रमाउनुहोस् ।

    प्रतिकृया दिनुहोस्