News Portal

  • कामना सेवा विकास बैंकको थप दुई शाखा रहित बैंकिङ सेवा शुभारम्भ

    आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७८
    ५३० पटक
    १८ चैत्र, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैठौं र सातौं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
    बैंकले सेवा विस्तार गर्ने क्रममा साल चैत्र १७ गते बिहीबारबाट मोरङ जिल्ला पथरी शनिश्चरे नपा वडा नं ०९ को आरके मोवायल सर्भिस सेन्टरमा छैठौं शाखा रहित बैंकिङ सेवा र लेटाङ वडा नं०९ मदनचोकको एवि मेडिकल हलमा सातौं शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
    पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले आरके मोवायल सर्भिस सेन्टरमा र लेटाङ वडा नं ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले एवि मेडिकल हलमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।
    बैंकका अनुसार शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्