News Portal

  • लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७८
    ५८५ पटक
    १७ चैत्र, २०७८

    काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक सम्झौता भएको छ । बैंबीच साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न भएको हो ।
    सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रण्न्जन कुमार थापाले आदानप्रदान गरेका थिए ।
    उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ । साथै यो सम्झौताल दुई बैंक बिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्