News Portal

  • प्रभु लाइफ इन्स्योरेन्स लि.मा संचालक समितिका अध्यक्षमा सुभाष अमात्यको नियुक्ति

    आर्थीकसंसार संवाददाता१६ चैत्र, २०७८
    १८२ पटक
    १६ चैत्र, २०७८

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि.को यही मिति २०७८/१२/१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गर्नु भएका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ ।
    यसअघि अध्यक्ष रहनु भएका डा.आत्माराम घिमिरेले मिति २०७८/१२/१६ गतेदेखि नै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिनु भएको हो । २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्