News Portal

  • नेपाल बङ्गलादेश बैंकद्धारा १ लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०७८
    ६३२ पटक
    १५ चैत्र, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १ लाख रुपैयाँको दुर्घटना बीमा वापतको रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको हो ।
    स्व. महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिईन् । उनको कात्तिक ६ मा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
    उक्त सहयोगले ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ ।
    हाल नेपाल बङ्गलादेश बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्