News Portal

  • फ्यान्टा एप्पल नेपाली बजारमा

    आर्थीकसंसार संवाददाता१४ चैत्र, २०७८
    २८१ पटक
    १४ चैत्र, २०७८

    काठमाडौं । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पाकलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो, जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र OOH (आउट अफ होम) आदि समावेश छन् ।
    लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौं ।”
    बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “हामी उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइअनुसार उहाँँहरूलाई रिफ्रेश रहिरहनको लागि थप विकल्पहरू दिन सधैं प्रयासरत छौं । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझ पुर्याउन निकै उत्साहित हुनुहुन्छ ।”
    यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।

    प्रतिकृया दिनुहोस्