News Portal

  • सिभिल लघुवित्तको ग्लोबल मनि सप्ताह सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ चैत्र, २०७८
    ८३० पटक
    १४ चैत्र, २०७८

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि सप्ताह सम्पन्न गरेको छ । सिभिल लघुवित्तले उक्त सप्ताहमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।
    वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा रहेको ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रम संचालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो ।
    संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनि सप्ताह २०२२ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको सिभिल लघुवित्तले जनाएको छ । उक्त कार्यक्रमबाट करिब १७ हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।

    प्रतिकृया दिनुहोस्