News Portal

  • माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह

    आर्थीकसंसार संवाददाता१४ चैत्र, २०७८
    ५६० पटक
    १४ चैत्र, २०७८

    काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनी वीक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिखदेखि २७ तारिख सम्म परेको Global Money Week अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।
    बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया तथा साक्षरता यालीहरुको आयोजना गरी Global Money Week मनाएको हो ।
    बैंकले Global Money Week अन्तर्गत मिति २०७८/१२/१२ मा काठमाडौंलगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्र्यालि निकालेको थियो । विभिन्न वित्तीय साक्षरता सम्बन्धि जानकारीहरु लेखिएका प्लेकार्ड सहित राजधानीको बुढानिलकण्ठ स्थित होटल सब्रिनाबाट सुरु भएको र्यालि भंगाल, चुनिखेल, सुन्दरबस्ति, कपन, गुम्बा, कपन हुदै पुन होटल सब्रिनामा नै आएर समापन भएको थियो । उक्त र्यालिमा बैकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल््लेखनीय सहभागिता रहेको थियो ।
    त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार, र जनकपुर प्रदेश नं. १ मा ईट्टहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता  र्र्यालि निकालेको थियो । भने सप्ताह भरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानिय क्लबहरुमा विभिन्न उमेर समुहलाई लक्षित गर्दै वित्तीय साक्षरता अन्तर्गत वित्तीय ज्ञान ,सुरक्षित तथा डिजिटल बैकिङ्ग कारोबार सम्बन्धि सचेतना जगाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेका थिए । साथै सोही अवधिमा बैंकले विभिन्न सञ्चारमाध्यमहरुमार्फत वित्तीय साक्षरतासम्बन्धी रेडियो नाटक एंव जिंगलसमेत प्रसारण गरेको थियो ।


    माछापुच्छ्रे बैंक लि.ले आम ग्राहक वर्गलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरुमार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।
    बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्