News Portal

  • महालक्ष्मी लाईफको वार्षिक क्यालेन्डर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१४ चैत्र, २०७८
    ४६३ पटक
    १४ चैत्र, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत्र १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गर्नुभएको हो । प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो । कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ भने तीन वर्षको अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको छ । कम्पनीले आउने आषाढभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई बिक्री गर्ने गरी तयारी गरिरहेको जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्