News Portal

  • कामना सेवा विकास बैंकको १३४औँ शाखा धनगढीमा

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७८
    ८९६ पटक
    १३ चैत्र, २०७८

    कैलाली । कामना सेवा विकास बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-७ मोतीचोकमा १३४औँ शाखा विस्तार गरी आइतबारदेखि कारोबार सुरु गरेको छ।
    बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु उपलब्ध गराउँदै आएको छ।
    बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।
    बैंकले सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्