News Portal

  • ज्योति लाइफद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७८
    ७३३ पटक
    १३ चैत्र, २०७८

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको बीमा सचेतना कार्यक्रम भब्य रुपमा सप्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।
    कम्पनीका चितवन शाखाका शाखा प्रबन्धक मुकुन्द भुसाल र एजेन्सी म्यानेजर प्रकाश लामिछालेने सहजीकरण गरेका थिए । उक्त अवसरमा गत फागुन महिना शाखामा सर्बोत्कृष्ट बिजिनेश गरे बापत एजेन्सी म्यानेजर मिलान तामाङ्ग ‘अन्जन’ लाई सम्मान गरेको थियो ।
    कार्यक्रममा कम्पनिका चितवन हेटौडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले सहाभागीहरुलाइ जीवन बीमाको आवश्यकता र महत्वका साथै बीमा सम्बन्धी प्रचलित कानुनी ब्यबस्था लगाएतका बारे प्रकाश पारेका थिए । साथै उनले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमा योजनाहरु बारे समेत सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

    प्रतिकृया दिनुहोस्