News Portal

  • सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी प्रदान

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७८
    ६९८ पटक
    १३ चैत्र, २०७८

    काठमाडौं । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि. विरगंज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कलैया १०, निलकण्ठवा निवासी स्व. अशोक पासवानको मृत्यु दाबी भुक्तानी निजका बुबालाई प्रदान गरिएको सन नेपाल लाईफ विरगंज शाखाले जनाएको छ ।
    शोक सभाको आयोजना गरि वडा अध्यक्ष र विरगंज शाखाको शाखा प्रबन्धक राम प्रसाद कुर्मीले संयुक्त रूपमा चार लाख ५६ हजार रुपैयाँको चेक स्वर्गीय पासवानको बुबा सुखाडि पासवानलाई प्रदान गरिएको हो ।
    उक्त शोक सभामा बीमा कम्पनीका कलैया उप शाखाका प्रमुख प्रकाश कुमार चौरसिया र एजेन्सी मेनेजर दया सिन्धु कुशवाहा, दिपक साह, श्याम कुमार चौरसिया, संजय बैठा र सुवास कुमार साहको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्