News Portal

  • नेष्डो समृद्ध लघुवित्तको आइपीओ सूचिकृत

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७८
    ६७८ पटक
    १३ चैत्र, २०७८

    काठमाडौं । नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको छ । कम्पनीको २५ लाख ५० हजार कित्ता आइपीओ सुचिकृत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता २६० रुपैयाँ ८४ पैसादेखि ७८२ रुपैयाँ ५२ पैसा कायम गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
    कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ८ लाख २८ हजार ७५० कित्ता शेयर र संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता शेयर गरेर कुल २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।
    कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

    प्रतिकृया दिनुहोस्