News Portal

  • ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७८
    ३३८ पटक
    १२ चैत्र, २०७८

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल बाराही पोखरामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
    त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
    यस वर्ष कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । यसर्थ यस वर्ष शेयरधनीहरुको हात खाली भएको छ । गत वर्ष ३ दशमलव ८० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्