News Portal

  • शाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७८
    २८३ पटक
    १२ चैत्र, २०७८

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रोको प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ ।
    प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा रु. ५,०००/– को क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जिबिमा रु.१,१४,९९९।– मा उपलब्ध छ ।
    यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषतामध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो। नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ । शाओमी १२ प्रो मा HDR10± र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । यो 12GB±256GB को स्टोरेजमा उपलब्ध छ । 8 Gen1 स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा 50MP को मेन क्यामेरा र 50MP टेलिफोटो+ 50 MP वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ । तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीको लागि यसमा 32 एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ ।
    शाओमी १२ प्रो तपाईंहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री शुरु हुनेछ ।

    प्रतिकृया दिनुहोस्