News Portal

  • पाल्पामा कामना सेवा विकास बैंकको थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७८
    ३०७ पटक
    १२ चैत्र, २०७८

    काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा तानसेन–९, दमकडा,पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टर मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
    उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन वडा नंं ९ का वडा अध्यक्ष हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा गरे । कार्यक्रममा बैंकका संस्थापकहरु, बैंकका अन्यकर्मचारीहरु, व्यावसायिक प्रतिनिधितथा स्थानीयमहानुभावहरुको उपस्थिती रहेको थियो ।
    शाखारहित बैंकिङ मार्फत खाताखोल्न,निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्