News Portal

  • इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने

    आर्थिकसंसार संवाददाता१८ भदौ, २०७७
    ७१० पटक
    १८ भदौ, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी अन्तिम सम्झौता गरेको हो ।
    बैंकले फाइनान्स कम्पनीलाई स्वाप रेसियो १०० बराबर ३० मा प्राप्ति गर्ने भएको छ । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने गरी दुई कम्पनीबीच सम्झौता भएको इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।
    हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको ८२ वटा शाखा कार्यालय र १७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ४० करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिटी एक्स्प्रेस फाइनान्सको केन्द्रीय कार्यालयसहित तीन वटा शाखा कार्यालय रहेको छ ।

    प्रतिकृया दिनुहोस्