News Portal

  • एनएमबि बैंकले दियो ग्राहकलाई वित्तीय साक्षरता

    आर्थीकसंसार संवाददाता११ चैत्र, २०७८
    २९४ पटक
    ११ चैत्र, २०७८

    नएमबि बैंकको गैंडाकोट शाखाले आफ्ना कर्मचारी र ग्राहकहरूको सहभागितामा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।
    कञ्चन आमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीहरूले बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङका साथै बैंकको महत्त्वका बारेमा जानकारी गराएका थिए ।
    उक्त आमा समुहको तर्फवाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले, आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समुहलाई अझ शसक्त बनाइदिनेछ भन्ने विश्वास राखिन् ।
    एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
    एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्