News Portal

  • विश्व वित्तीय सप्ताहमा प्रभु क्यापिटलले विद्यार्थीलाई दियो शेयर तालिम

    आर्थीकसंसार संवाददाता१० चैत, २०७८
    ६३५ पटक
    १० चैत, २०७८

    काठमाडौं । प्रभु क्यापिटलले विश्व वित्तीय सप्ताहर अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्गत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि विक २०२२ अन्तर्गत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    क्यापिटलले मिति २०७७ चैत्र ०८ गते मंगलबार हेराल्ड कलेज काठमाडौंका स्नातक तह अन्तर्गतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्