News Portal

  • मेगा बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१० चैत, २०७८
    ८७९ पटक
    १० चैत, २०७८

    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा विस्तार गरेको छ ।
    काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ ।
    अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्