News Portal

  • नबिल बैंकको आयोजनामा चारदिने कृषि कर्जा मेला बुधबारदेखि जारी

    आर्थीकसंसार संवाददाता१० चैत, २०७८
    ७६८ पटक
    १० चैत, २०७८

    काठमाडौं । चितवन एक्स्पो सेन्टर, भरतपुरमा बुधबारदेखि कृषि कर्जा मेला जारी छन् । बुधबारदेखि सुरु भएको भेला चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।
    बुधबार आयोजित उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताएका छन् । ‘नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ, त्यसको प्रमुख कार्यक्रम कृषि छ’ उनले भने, ‘हाम्रो उर्भर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततिको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो, जुन दिगो विकास हो ।’
    उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे ।‘बैंकले निक्षेपकर्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्ने गरी मूल्य शृङ्खला निर्माणा गरौँ, बैंकले कृषिमा लगानी गर्छन् ।’ उनले भने ।
    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । शाहले आफ्नो अनुभव सुनाउँदै भने, धेरै ठाउँमा जाँदा तपाईँहरू किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्यो । घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ ।’ उनले भने । उनले बैंकहरू कर्जा दिन तयार भएपनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए ।
    बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा सुरक्षित देखिँदैन कृषि क्षेत्रमा समस्या रहने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

     

    प्रतिकृया दिनुहोस्