News Portal

  • सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा विस्तार

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७८
    ७९१ पटक
    ९ चैत्र, २०७८

    काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्धघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।
    कार्यक्रममा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
    त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
    बैंकको हालसम्म १२५ वटा शाखा कार्यालय र ११४ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्