News Portal

  • बैंक अफ काठमाण्डुले सुरु गर्‍यो हेल्पलाइन सेवा

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
    ३२६ पटक
    ८ चैत्र, २०७८

    काठमाडौ‌ । ग्राहकहरूको गुनासो सुनुवाइ गर्न बैंक अफ काठमाण्डुले हेल्पलाइन सेवा सुरु गरेको छ ।
    आफ्ना ग्राहलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदानका लागि हेल्पलाइन सेवा सुरु गरेको जनाएको छ ।
    बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड र एटिएमजस्ता कुनै पनि डिजिटल कारोबारमा जिज्ञासा र समस्या भएमा ग्राहक हेल्पलाइनमा फोन गर्न सकिने बैंकले जनाएको छ ।
    हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्