News Portal

  • नबिल बैंकले महिला पर्यटन व्यवसायीलाई उत्पादन प्रवर्द्धनमा सहयाेग गर्ने

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
    ८१८ पटक
    ८ चैत्र, २०७८

    काठमाडौं । नबिल बैंकले महिला व्यवसायीलाई उत्पादन प्रवर्द्धन गर्न सहयोग गर्ने भएको छ । बैंकले डिजिटल उत्पादन प्रवर्द्धन र क्यूआर कोडका लागि पर्यटन व्यवसायी महिला संघ(टेवान) सँग सोमबार सम्झौता गरेको छ ।
    सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
    नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले यस साझेदारी महत्त्वपूर्ण हुने भन्दै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा सावित हुने बताए ।
    त्यस्तै, कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिँदै महिला व्यवसायीको प्रवर्द्धनमा बैंकसँग हातेमालो गर्दै सँगै अघि बढ्ने बताइन् । कार्यक्रममा केही महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्