News Portal

  • चेम्बर अफ कमर्स र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न

    आर्थीकसंसार संवाददाता७ चैत्र, २०७८
    ७४५ पटक
    ७ चैत्र, २०७८

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
    चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल देशमा भएको तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको बताए ।
    यसै सन्दर्भमा निजी क्षेत्र साझा अवधारणा लिएर अगाडि बढ्नु पर्ने र कृषिलाई निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । साथै देशको बिग्रदो अर्थतन्त्रलाई सुधार्न सामयिक सुधारका सुझाव समेत दिए।
    वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यावसायीहरू जुनसुकै क्षेत्रका भएता पनि चुनौतीहरू साझा रहेको बताएका छन् । नेपालको ट्रान्जिटको लागि भारतका सबै बन्दरगाहहरूबाट सामाग्री ल्याउन खुला हुन आवश्यक रहेको समेत अध्यक्ष गुप्ताले बताए।
    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय माधव राजपाल र हरी गौतम, महासचिव मनोज कुमार दास, सह-कोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति थियो।

    प्रतिकृया दिनुहोस्