News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग

    आर्थीकसंसार संवाददाता७ चैत्र, २०७८
    ७६७ पटक
    ७ चैत्र, २०७८
    काठमाडौं । महालक्ष्मी विकास बैंकले सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सापेबगरस्थित उक्त विद्यालयलाई सहयोग गरेको हो ।
    क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको बैंकले जनाएको छ ।
    बैंकले एक शाखा एक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ, संस्थाहरुलाई सहयोग गर्दै आइरहेका छ । यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
    प्रतिकृया दिनुहोस्