News Portal

  • इस्कोन नेपालद्वारा हजारौं भक्तजनहरुको साथ हर्षोल्लास पूर्ण फुलमालाको होली कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता४ चैत्र, २०७८
    १४४८ पटक
    ४ चैत्र, २०७८

    काठमाडौं । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सौहार्दपूर्ण पुष्पको होली उत्सब आयोजना गरिएको छ । वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्ण को सुन्दर मन्दिर रहेको छ, जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ र मिठो खीरप्रसाद दर्शनार्थीलाई निःशुल्क वितरण गरिन्छ । भगवान् श्री कृष्ण स्वयम् श्री चैतन्य महाप्रभुको रुपमा करिब ५३५ बर्ष अघि पश्चिम बङ्गालको नवदीप, मायापुरमा प्रकट हुनुभएको हो, आज उहाँकै प्राकट्य तिथिमा भगवानलाई पुष्पको होली र भगवानको बिशेष अभिषेकका साथ होली मनाइँदै छ । संसारभरी चिर परिचित श्रेदय पत्री प्रभुजीको बिशेष प्रबचन र किर्तनले पनि आजको बिशेष शोभा बढाएको हो ।
    हजारौं भक्तजनहरुको साथ बिहान ४ः३० बजे देखि विविध कार्यक्रमका साथै हरेकृष्ण महामन्त्रको नगर किर्तन बुढानिलकण्ठ स्थित भगवान् नारायण को परिक्रमा गरि उत्सब आयोजना गरिएको छ । कुनै बर्गीय र जातीय विभेद बिना सम्पूर्ण जीवात्माको हित को लागि इस्कोन द्वारा बिभिन्न सेवा गरिदै छन् , जीवनका लागि भोजन नेपाल, भक्तिवेदांत हस्पिटल, भक्तिवेदांत गुरुकुल, भक्तिवेदांत पाठशाला लगायत बिभिन्न प्रोजेक्टहरुद्वारा सेवा प्रदान गरिएको छ । आज हजारौं भक्तजनहरु सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली खेलिदै छ ।
    हरेक शनिबार बिविध कर्यक्रमका माझ हजारौं भक्तजनलाई भोजन को ब्यवस्था हुने गर्दछ र आज फाल्गुण गौर पुर्णिमा को तिथिमा भगवान् को अविर्भाव को तिथिमा सन्ध्या चन्द्रोदय को समय सम्म ब्रत बस्ने गरिन्छ । भगवान् लाई अर्पित प्रसादम सम्पूर्ण उपस्थित भक्तजन लाई वितरण हुन्छ इस्कोन नेपालका बिभिन्न जिल्लामा अबस्थित ५५ बढी केन्द्रहरुमा पनि फूलको होली खेलिदै छ ।
    आध्यात्मिक ज्ञान र भक्तिको खोजीमा हुनुहुन्छ भने हजुर हरुलाई उत्तम स्थान इस्कोनका बिभिन्न केन्द्रहरुमा गई मेडिटेसन (ध्यान), हरे कृष्ण महामंत्रको जप, सुन्दर भगवानका विग्रहको आरती, दर्शन र प्राथना गर्न सकिन्छ ।
    अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तराष्ट्रियस संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्