News Portal

  • निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

    आर्थीकसंसार संवाददाता ४ चैत, २०७८
    ७५८ पटक
    ४ चैत, २०७८

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।
    गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २१।६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०।३५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्ये १७ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वबणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ ।
    त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयां पुगेको छ भने कुल क्रृण ४१ खर्ब ७२ अर्ब रुपैयां पुगेको छ ।
    फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयांले बढेको छ भने कर्जा प्रबाह १७ अर्ब रुपैयांले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९सिडि रेसियो० नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात ९सिडि रेसियो० भने ९०।०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०।९९ प्रतिशत रहेको छ ।
    नेपाल अधिराज्यभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
    विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचतखाता एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्