News Portal

  • नेशनल लाइफकी अध्यक्ष सिंहको पथ तथा गोपनियताको शपथ

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७८
    ६६४ पटक
    २ चैत्र, २०७८

    काठमाडौं । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालवाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।


    कम्पनीको मिति २०७८/११/२९ मा भएको ३३औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित हुनु भएको हो ।
    उक्त समारोहमा बीमा समितिको अध्यक्षवाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भयो । श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा बीमा समितिको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्