काठमाडौं । कामना सेवा विकास बैंकले यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसायीलाई व्याज विशेष छुट दिने भएको छ । विकास बैंकले यस क्षेत्रअन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र सहुलियत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले २०७७ साल आषाढ मसान्तसम्मको बक्यौता रकम २०७७ साल श्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशतसम्म व्याज रकममा छुट दिइसकेको छ ।
उक्त समयसीमा भित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीहरुलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले समेत श्रावण महिनाको तिर्नु पर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रैमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायीले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ ।
कामना सेवा बैंकले यातायात क्षेत्र तथा पर्यटन व्यवसायीलाई व्याजमा विशेष छुट
आर्थीकसंसार संवाददाता१७ भदौ, २०७७
१७ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने