News Portal

  • गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग प्रदान

    आर्थीकसंसार संवाददाता३० फागुन, २०७८
    ६४६ पटक
    ३० फागुन, २०७८

    काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा भाग लिएको थियो ।


    विद्यार्थीहरुले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ ।सबै नियमहरु पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो ।
    ‘मैचा’ को ब्याट्रीले १ KWh चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ । उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नु हो । साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो EV (विद्युतीय सवारी) टोली हुन् ।

    प्रतिकृया दिनुहोस्