News Portal

  • एलआइसी नेपालको पोखरा प्रदेशद्धारा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता३० फागुन, २०७८
    ५५६ पटक
    ३० फागुन, २०७८

    काठमाडौं । एलआइसी नेपालले पोखरा प्रदेश अन्तर्गत १६ वटा शाखाका १२९ जना अभिकर्तालाई सम्मान गरी प्रशिक्षण दिएको छ । तालिममा सहभागी अभिकर्ताहरुलाई अन्तराष्ट्रिय लेभलका प्रशिक्षक सैयद अब्जल अहमदले प्रशिक्षण दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका १६ वटा शाखा कार्यालयबाट सबैभन्दा धेरै व्यवसाय ल्याउने अभिकर्तालाई सम्मान गरेको हो ।
    गण्डकी प्रदेशका १६ वटा शाखा कार्यालयहरुबाट सबैभन्दा धेरै व्यवसाय ल्याउने अभिकर्तामध्ये पहिलो अभिकर्ता प्रभा ज्ञवाली रहेकी छिन् । त्यस्तै, दोस्रोमा नैन बहादुर क्षेत्री रहेका छन् । उनीहरुलाई कम्पनीका डिसिइओ टुनटुन बुर्णवालले सम्मान गरेका हुन् । कार्यक्रममा कम्पनीमा डिसिइओले कम्पनीको वर्तमान अवस्था कम्पनीको वित्तीय अवस्था, बमिा पोलिसी लगायतका विषयमा जानकारी दिएका थिए ।
    कार्यक्रम संचालक प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठले गरेका थिए भने अध्यक्षता कम्पनीका डिसिइओ टुनटुन बुर्णवालले गरेका थिए । कार्यक्रममा कम्पनीका सचिव, एलआइसी नेपाल लेकसाइडका शाखा प्रमुख र पोखरा शाखाका शाखा प्रमुख लगायत १५० जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्