News Portal

  • एक साताको लागि थपियो निषेधाज्ञा

    आर्थिकसंसार संवाददाता१७ भदौ, २०७७
    ४७७ पटक
    १७ भदौ, २०७७

    काठमाडौं । राजधानी उपत्यकामा भोलिदेखि थप एक साता निषेधाज्ञा जारी गरिएको छ । यसअघि भोलिबाट कफ्र्यु लाग्ने हल्ला चलेको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै हाल कायम रहेकै निषेधाज्ञा आगामी सातासम्म लम्ब्याइएको जनाइएको छ ।
    राधजानी उपत्यकाको तीनवटै जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । आज थप गरिएको निषेधाज्ञा तेस्रो पटकका लागि जारी गरिएको हो । अब भदौ २४ गतेसम्म काठमाडौं निषेधाज्ञामा परेको छ । उपत्यकामा कफ्र्यु लाग्ने हल्ला निराधार भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्