News Portal

  • हिमालयन बैंकको मोबाइल बैंकिङमा नेपालपे क्युआर आवद्ध

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
    ७३७ पटक
    २७ फागुन, २०७८

    काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाईल बैकिङ्गमा नेपालपे क्युआरलाई आवद्ध गरेकाे छ । याेसँगै अब बैंकका ग्राहकहरुले मोबाईल बैकिङ्ग प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन् ।
    साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्युआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआवद्धता कायम हुने गरी अग्रिगेटेड क्युआर पनि स्विकार गर्ने सुरु गरेकाे छ ।
    एनसिएचएलकाे नेपाल पे क्युआर अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्किमसँग अन्तरआवद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
    वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपाल पे क्युआरलाई अग्रिगेटेड क्युआरको रुपमा लागु गर्ने हिमालयन पहिलो बैंक रहेको छ । बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आवद्ध भएर आफ्ना ग्राहकहरुबाट माेबाइल बैंकिङ्ग अथवा नेपालपे क्युआरमा आवद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

    प्रतिकृया दिनुहोस्