News Portal

  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई चरक मेमोरियल हस्पिटलको सेवामा छुट

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
    ८३० पटक
    २७ फागुन, २०७८

    काठमाडौं । नेपाल बैंकका कर्मचारीहरु एवं ग्राहकलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच फाल्गुण २० गते बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।
    यस सम्झौता अनुसार बैंकका कर्मचारीले अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
    गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौता पत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्