News Portal

  • सिटिजन्स बैंकका ग्राहकले गैंडा क्याम्प होटलमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
    ५८० पटक
    २७ फागुन, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले होटलको सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
    यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था गरिएको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्