News Portal

  • सानिमा बैंक र खल्तीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
    ८५७ पटक
    २७ फागुन, २०७८

    काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रा.लि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंक र खल्तीबीच भएको सम्झौतामा अनुसार ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई बैंकिङ्ग मार्फत् चेक आउट गर्न सक्ने छन्।
    बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख श्री विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
    सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्