News Portal

  • सेन्चुरी बैंककाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७८
    ६६६ पटक
    २६ फागुन, २०७८

    काठमाडौं । ११ औं स्थापना दिवसको अवसरमा सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले वित्तीय साक्षरता कायक्रम संचालन गरेको छ । बैंकले धुलिखेलमा रहेको सञ्जीवनी कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।
    कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम संचालन व्यस्थापन संकायको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । बैंकको ब्यवस्थापनमा संचालित सेञ्चुरी क्यापिटल मार्केटका डिपि एसोसिएट्स विनय अधिकारी र पोर्टफोलियो व्यवस्थापन प्रमुख अञ्जु महर्जनले विद्यार्थीलाई हितग्राही खाता संचालन, मेरो शेयर, प्राथमिक तथा दोश्रो बजारमा शेयर कारोबार र लगानी ब्यवस्थापन सम्बन्धी जानकारी दिएका थिए ।
    कार्यक्रममा कलेजका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरु ७० जनाको उपस्थिती रहेको थियो । सेञ्चुरी बैंकले काभ्रे जिल्लामा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोट लगायत ७ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।
    बैंकको कुल शाखा १२९ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर र २६ वटा शाखा रहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्