आर्थीकसंसार संवाददाता२६ फागुन, २०७८
२६ फागुन, २०७८काठमाडौं । ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकलाई गैर कोषमा आधारित बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ । बिहीबार ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच यसबारे सम्झौता गरेको हो ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधाहरु उपलब्ध गराउने छ ।