News Portal

  • कटारीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७८
    ८३८ पटक
    २५ फागुन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कटारी शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा गरेको हो ।
    कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
    सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
    हालसम्म बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्